Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संसद जोगाउन देउवालाई समर्थन गरेका हौँः रामकुमारी झाक्री

संसद जोगाउन देउवालाई समर्थन गरेका हौँः रामकुमारी झाक्री

  • आइतवार, आषाढ २० २०७८

  • 868
    SHARES

  • संसद जोगाउन देउवालाई समर्थन गरेका हौँः रामकुमारी झाक्री

    काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले पार्टी विभाजन गर्न अध्यक्ष केपी शर्मा ओली नै लागेको आरोप लगाउनु भएको छ । विगतमा नेकपा विघटन हुनुमा ओली नै मुख्य कारक भएको र अहिले एमाले विभाजन गर्न पनि उहाँले लागेको झाक्रीले दावी गर्नुभयो ।

    देश र पार्टीलाई सही तरिकाले नेतृत्व गर्न नसकेपछि प्रश्न उठाउँदा ओलीले आफुहरुप्रति पुर्वाग्रही र पक्षपातपुर्ण व्यवहार गरेको उहाँले नेपाली रेडियो नेटवर्कसँग गुनासो गर्र्नुभयो ।

    नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले ओली पक्षले दावी गरेको केन्द्रीय समितिको बैठकलाई अवैध भएको दावी गर्नुभयो ।

    अदालतले समेत अवैध भनेको समितिको बैठकले गरेको निर्णय हामीले मान्न सक्दैनौँ, अवैध कमिटिले जे गरेपनि हामीलाई मतलव छैन, उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले जनताको प्रतिनिधिमुलक संस्था संसद विघटन गरेकाले त्यसलाई व्युताउन आफुहरुले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको पनि स्पष्ट पार्नुभयो ।

    उहाँले गल्ती गर्नुभयो, हामीले त्यसलाई सच्याउनका लागि एक जना माननीयलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै हस्ताक्षर गरेका हौँ, नेतृ झाक्रीले भन्नुभयो ।

    उहाँले आफुहरु संसदको सदस्य भएको नाताले संसद जोगाउनका लागि अदालत गएको पनि स्पष्ट पार्नुभयो ।


    आइतवार, आषाढ २० २०७८०९:०१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij