Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

‘मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमाले होइनन्’

‘मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमाले होइनन्’

  • शनिवार, आषाढ १९ २०७८

  • 414
    SHARES

  • ‘मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमाले होइनन्’

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताउनुभएको छ ।

    बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभएको छ, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ, ती पार्टी कार्यकर्ता होइनन् ।’ फैसला आउँदा कित्ता छुट्टिसक्ने उहाँले बताउनुभयो ।

    प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् । हिजो मात्र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिनुभएको थियो । तर नेपाल पक्षले हस्ताक्षर फिर्ता लिन मानेको छैन ।

    ‘जो पार्टीको पक्षमा बोलिरहेको छ, त्यो नेता कार्यकर्ता हो’ उनले भने, ‘जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन, त्यो नेता कार्यकर्ता होइन । पार्टीको विरोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ ?’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक हैसियतबारे समेत टिप्पणी गरेका छन् ।

    ‘प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? लुकेको कुरा होइन’, ओलीले अघि भनेका छन् । अरुको पार्टीमा जानेलाई पर्खेर नबस्ने अध्यक्ष ओलीले बताए । ‘जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन’, ओलीको भनाइ छ ।


    शनिवार, आषाढ १९ २०७८०७:०५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij