Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद, ‘हस्ताक्षर फिर्ता हुन सक्दैन’

केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद, ‘हस्ताक्षर फिर्ता हुन सक्दैन’

  • शनिवार, आषाढ १९ २०७८

  • 572
    SHARES

  • केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद, ‘हस्ताक्षर फिर्ता हुन सक्दैन’

    काठमाडौँ – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ ।

    पार्टीका उपमहासचिव घनश्याम भुसालको मोबाइलबाट संवाद भएको नेपालको सचिवालयले जनाएको छ ।

    टेलिफोन संवादपछि नेपालको सचिवालयले प्रेस नोट जारी गरेर ओलीले अन्य कुरामा खासै गम्भीर नबनी हस्ताक्षर फिर्ता लिन मात्र एकोहोरो आग्रह गरेको जनाएको छ ।

    नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा अदालतबाट आउने फैसलालाई स्वीकार मात्र गर्न सकिने, तर हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा असन्तुष्ट समूहबाट भएको हस्ताक्षर फिर्ता लिन ओलीले आग्रह गर्दै आएका छन् ।

    ‘नेपालद्वारा अहिले जारी बैठक सर्वोच्च अदालतको फैसलाअनुरूप २०७५ जेठ २ को नभई २०७७ फागुन २८ कै निर्णयको निरन्तरता देखिएकाले र आवश्यक सल्लाह एवं परामर्शविना आयोजना गरेकाले त्यसलाई रोक्न, राजनीतिक र संगठनात्मक कोर्स करेक्सन गर्न एवं पहिले निर्माण गरेको वार्ता कमिटीलाई क्रियाशील बनाई औपचारिक वार्ता आरम्भ गर्न आग्रह’ गरेको प्रेस नोटमा उल्लेख छ ।


    शनिवार, आषाढ १९ २०७८०५:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij