Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
एमाले विवाद ‘वार कि पार’को दिशामा

हस्ताक्षर फिर्ता लिन ओलीको दुई दिने अल्टिमेटम, अवैध अध्यक्षको निर्देशन नमान्ने नेपाल पक्षको तर्क

हस्ताक्षर फिर्ता लिन ओलीको दुई दिने अल्टिमेटम, अवैध अध्यक्षको निर्देशन नमान्ने नेपाल पक्षको तर्क

  • शुक्रवार, आषाढ १८ २०७८

  • 753
    SHARES

  • हस्ताक्षर फिर्ता लिन ओलीको दुई दिने अल्टिमेटम, अवैध अध्यक्षको निर्देशन नमान्ने नेपाल पक्षको तर्क

    काठमाडौँ । नेकपा एमालेको जारी विवाद ‘वार कि पार’ दिशामा अघि बढेको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी विभाजित हुने बताएसँगै एमाले विवाद अब वार कि पारको स्थितिमा पुग्ने देखिएको हो ।

    आज बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेपाल पक्षका २३ निवर्तमान सांसदहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । सर्वोच्च आदालतले नचिनेको महाधिवेशन आयोजक कमिटी खारेज गरेर बोलाइएको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टीलाई कमजोर बनाएर विपक्षी दललाई बलियो बनाउने कुरा स्वीकार्य नहुने भन्दै दुई दिनको अल्टिमेट दिएको हो ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता नहुने बताउनभुएको थियो । कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई ओलीको तर्क छ । ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने समते बताउनुभएको थियो । ती हस्ताक्षर फिर्ता लिएर एकताको आन्दोलनमा योगदान गर्न आह्वान गरिएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताउनुभयो ।

    नेपाल समूहका नेताहरुलाई बैठकमा उपिस्थत हुन भन्दै एमाले संस्थापन पक्षले पत्र काटेरै निम्तो दिएको थियो । बैठकमार्फत नै नेपाल पक्षका माग सम्बोधन गर्न खोजिएपनि बैठकमा उपस्थित नहुनु अनुचित भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई बताउनुहुुन्छ । नेपाल समूहले अहिले एकता नचाहेर एकपछि अर्को अड्को थापिरहेको भट्टराईको भनाइ छ ।

    महाधिवेशन आयोजक कमिटी खारेज गरेर बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित रहे । ७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गएका थिए, जसमा एमालेको नेपाल समूहका २३ निवर्तमान सांसदको हस्ताक्षर छ ।

    हस्ताक्षर फिर्ता नलिए नेपाल पक्षले नै पार्टी विभाजनको घोषणा गरेको मानिने संस्थापन पक्षले चेतावनी दिइरहँदा संस्थापनइतर पक्षले भने कुनै पनि हालतमा उक्त हस्ताक्षर फिर्ता नलिने बताएको छ । पार्टी अध्यक्ष ओली नै अवैध भइसकेको भन्दै अवैध अध्यक्षको निर्देशन र अल्टिमेटम मान्नुपर्ने कुनै कारण नरहेको नेपाल पक्षीय नेता विरोध खतिवडाको तर्क छ । आफूहरुले भाङ खाएर बेहोसीमा हस्ताक्ष नगरेको भन्दै कुनै हालतमा त्यो फिर्ता नहुने नेता खतिवडा बताउनुहुन्छ ।

    बैठकमा उपस्थित उपाध्यक्ष बामदेव गौतमको भने नेपाल पक्ष सतिको एकतामा जोड छ । आजको बैठकमा उहाँले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णयको विरोध गर्नुभएको थियो । पार्टीको मुख्य नेतालाई नै बाहिर राखेर पार्टी अघि बढ्न नसक्ने उपाध्यक्ष गौतमको निष्कर्ष छ ।
    नेपाल समूहमै पनि दोस्रो तहको केही नेता एकताकै पक्षमा देखिन्छन् । तर अहिलेसम्म एकता विन्दु पहिल्याउन भने दुवै पक्षका नेताहरु सफल भएका छैनन् । आफूहरु अझै एकताका लागि प्रयासरत रहेको नेपाल निकट मानिनुहुने नेता सोमप्रसाद पाण्डे बताउनुहुन्छ । आम कार्यकर्ताको चाहना विभाजन नरहेको बताउँदै नेता पाण्डेले दुवै विचार समूहबीच गहन छलफल हुनुपर्ने बताउनुभयो ।

    यता, संस्थापन पक्षका नेताहरुले पनि आफूहरु एकताकै लागि निरन्तर लागिपरेको बताएका छन् । प्रवक्ता समेत रहनुभएका नेता प्रदिप ज्ञवालीले नेपाल समूहभित्र केही नेताहरुको क्रियाकलाप एकताविरुद्ध नै भएको भएपनि केही नेता भने एकताकै लागि प्रयासरत रहेको बताउनुभयो । एकताको पक्षमा उभिएका दुवै पक्षका नेताहरुको पहल सफल बन्ने र पार्टी एक हुने विश्वास नेता ज्ञवालीको छ ।

    संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियक्तिका लागि १४६ सांसदको समर्थनसहित नेपाली कांग्रेसका सभापति देउवाले गरेको दाबीमा नेपाल समूहका २३ सांसदको हस्ताक्षर छ । अहिले संस्थापन पक्षले यसैलाई मुख्य बटमलाइन बनाएको छ नेपाल पक्षले ओलीले पार्टीलाई २०७४ जेठ २ अघिको स्थितिमा नफर्काई २०७८ फागुन २८ मै अड्काएर एकता विरोधी काम गरेको आरोप लगाएको छ ।

    वैचारिक रुपमा एमाले अहिले दुई धारमा विभाजित छ, तर औपचारिकमा रुपमा पनि विभाजनको पक्षमा छौँ भनेर अहिलेसम्म कुनै समूहका नेताले भनेका छैनन्, र भन्ने छैनन् । तर दुवै सहूम एकताकै पक्षमा भएपनि कसैले निस्वार्थ एकताका लागि रतीभर पनि लचकता नअपनाउँदा एमाले एकता झन् भाँडिने अवस्थामा आइपुगेको देखिन्छ ।


    शुक्रवार, आषाढ १८ २०७८०७:५८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij