Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेपाल समूहको बैठक बस्दै, पार्टी एकता जोगाउने प्रयासमा दुवै समूहका दोस्रो तहका नेता

नेपाल समूहको बैठक बस्दै, पार्टी एकता जोगाउने प्रयासमा दुवै समूहका दोस्रो तहका नेता

  • बिहिवार, आषाढ १७ २०७८

  • 827
    SHARES

  • नेपाल समूहको बैठक बस्दै, पार्टी एकता जोगाउने प्रयासमा दुवै समूहका दोस्रो तहका नेता

    काठमाडौं – नेकपा (एमाले)को माधवकुमार नेपाल समूहको स्थायी समिति बैठक आज बस्दैछ ।

    महाधिवेशन आयोजक कमिटी भंग गरेको अध्यक्ष केपी शर्मा ओलीको संस्थापन पक्षले शुक्रबार ०७४ जेठ २ कै अवस्थाको केन्द्रीय कमिटी बैठक बोलाएपछि यसबारे संस्थागत धारणा तय गर्न नेपाल समूहको बैठक बस्न लागेको हो ।

    अध्यक्ष ओलीले जेठ २ मा पार्टीको संरचना फर्काएको बताए पनि फेरि जालझेल गर्दै पार्टीलाई २०७७ को फागुन २८ कै अवस्थासम्म पु¥याएको नेपाल समूहको बुझाइ रहेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले बताउनुभयो ।

    अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गरेपछि नेपाल समूहमा असन्तुष्टि छ ।

    ज्ञवालीका अनुसार अवैध कमिटीबाट सदस्य थपेर पार्टी संरचना फागुन २८ कै परिस्थितिमा पु¥याएकाले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा जाने सम्भावना छैन ।

    तथापि यसबारे आजको स्थायी कमिटी बैठकमार्फत अपराह्नसम्म संस्थागत धारणा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

    ओलीको पटक–पटक धोका दिएकाले दुबै पक्ष बसेर सहमति कायम गर्दै प्याकेजमै अघि बढेमात्रै सहमति हुनसक्ने नेता विरोध खतिवडाले बताउनुभयो ।

    यसैबीच, एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । आज बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।

    एमाले विवाद समाधानका लागि अध्यक्ष ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेता र नेपाल समूहका भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता सक्रिय छन् ।


    बिहिवार, आषाढ १७ २०७८१२:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij