Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु

राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु

  • बिहिवार, आषाढ १७ २०७८

  • 461
    SHARES

  • राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु

    काठमडाौं । राष्ट्रिय सभाको आठौँ अधिवेशन आजबाट सुरु हुँदैछ ।

    आजको बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

    बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यक्षले तिमल्सिनाले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम पनि छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरू विष्णुप्रसाद पौडेल लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठबाट गरी १२ वटा अध्यादेश पेश हुने कार्यसूची रहेको छ ।

    राष्ट्रिय सभाको बैठकमा विभिन्न व्यक्तिहरूको निधनमा शोक प्रस्ताको कार्यसूचीसमेत रहेको छ ।


    बिहिवार, आषाढ १७ २०७८०९:१२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij