Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

चोलेन्द्रशम्शेरलाई मिश्रको आग्रहः 'तपाईँ प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुहोस्'

चोलेन्द्रशम्शेरलाई मिश्रको आग्रहः 'तपाईँ प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुहोस्'

  • शनिवार, श्रावण १० २०७७

  • 834
    SHARES

  • चोलेन्द्रशम्शेरलाई मिश्रको आग्रहः 'तपाईँ प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुहोस्'

    काठमाडौँ –  साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन् ।

    ‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै मिश्रले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका हुन्।

    ‘तपाईँ असाध्यै विवादित हुनुभयो, तपाईँले गरेका निर्णय शंकाको घेरामा छन् । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैनन्, तपाईँ राजीनामा दिनुहोस्’, मिश्रले भने ।

    उनले संसदले महाअभियोग लगाए सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै अदालतको सम्मानका लागि भए पनि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका हुन्।

    सांसदहरुले महाअभियोगबारे चर्चा गर्नु अघि जबराले राजीनामा दिए सर्वोच्च अदालत र जनताको विश्वास फेरि र्स्थापित गर्न सहायक सिद्ध हुने मिश्रले बताए।

    साझा पार्टीको बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो।

    यात्रामा सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

    पत्नी हत्याका दोषी रन्जन कोइरालाको सजाय छुट दिने फैसला गरेपछि प्रधानन्यायाधीशविरुद्ध लगातार प्रदर्शन भइरहेको छ। शुक्रबार पनि जबराको विरोधमा काठमाडौँमा प्रदर्शन भएको थियो ।


    शनिवार, श्रावण १० २०७७०५:५४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij