Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेले गर्यो महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय समितिमा रुपान्तरण

एमालेले गर्यो महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय समितिमा रुपान्तरण

वरिष्ठ नेता खनालको उपचारको जिम्मा पार्टीले लिने
  • बुधवार, आषाढ १६ २०७८

  • 634
    SHARES

  • एमालेले गर्यो महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय समितिमा रुपान्तरण

    काठमाडौं – सत्तारुढ दल नेकपा (एमाले)ले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय समितिकोे बैठक बोलाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समितिमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अब केन्द्रीय समितिको बैठक असार १८ गते बस्नेछ ।

    आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधवकुमार नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

    सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ छ । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकपछि प्रतिक्रिया दिँदै ज्ञवालीले यस्तो बताउनुभएको हो ।

    नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

    बैठकले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताउनुभयो । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ । त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

     


    बुधवार, आषाढ १६ २०७८०३:५७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij