Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

  • बुधवार, आषाढ १६ २०७८

  • 1.0K
    SHARES

  • एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

    काठमडाौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

    हिजो बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटी ब्युँताउने निर्णय गरेसँगै त्यसलाई अनुमोदन गर्न आज बैठक बस्न लागेको हो ।

    बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका ११ जनालाई भने बोलाइएको छैन । ११ जना बाहेक अरु नेतालालाई बैठकमा बोलाईएको भएपनि आफुहरु कोही पनि बैठकमा सहभागि नहुने बताइएको छ ।

    २०७५ जेठ २ गतेको कमिटी मात्र वैधानिक कमिटी भएकाले आफुहरु अवैधानिक कमिटीको बैठकमा सहभागि नहुने नेता युवराज ज्ञवालीको तर्क छ ।

    दशौं महाधिवशेन आयोजक कमिटीलाई सर्वोच्च अदालतले वैधता दिन अस्वीकार गरेपछि संस्थापन पक्षलाई पुरानै केन्द्रीय कमिटी ब्यँताउनुु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

    नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्न पटक पटक शिर्ष तहका नेताहरुबीच पहल हुँदा समेत समस्या समाधान हुन सकेको छैन ।


    बुधवार, आषाढ १६ २०७८०८:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij