काठमाडौं – सत्तारुढ दल नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्दै छ ।
आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री ओलीले भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डा तय गर्नका लागि अनौपचारिक बोलाउनु भएको हो’ तामाङले भन्नुभयोे, ‘ बैठकमा भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीका एजेन्डाबारे छलफल हुनेछ ।’
महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी गरेको छ ।