काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताउनुभएको छ।
विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताउनुभयो।
तर सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उहाँले भन्नुभयो, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ। संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ।’
संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर आफू ढुक्क हुन नसकेको प्रचण्डले बताउनुभयो।
तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उहाँले खबरदारी गरिराख्न आग्रह गर्नुभयो।