Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
ओलीले गरे नेपालमाथि कटाक्ष :

‘प्रचण्डको पुच्छरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?’

‘प्रचण्डको पुच्छरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?’

  • सोमवार, आषाढ १४ २०७८

  • 929
    SHARES

  • ‘प्रचण्डको पुच्छरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?’

    काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नराख्ने बताउानुभएको छ । बालुवाटारमा आज आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उहाँले केही दिनअघि आएको नेता नेपालको भनाइको जवाफ दिनुभएको हो ।

    केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र अस्वीकार गरेको बताउनुभएको थियो । ओलीले आज त्यसैको जवाफ दिनुभएको हो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले नेता नेपाल नेपाली कांग्रेसमा जानसक्नेसमेत दाबी गर्नुभयो ।

    ‘शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो’, ओलीले प्रतिप्रश्न गर्नुभयो, ‘मलाई बौलाहा कुकुरले टोकेको छ र ? यस्तो मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? एक ढंगले प्रचण्डको पुछार हुन् ।’

     


    सोमवार, आषाढ १४ २०७८०२:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij