Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले बढ्दै शेयर बजार

दोहोरो अंकले बढ्दै शेयर बजार

सकारात्मक सर्किट लेभलमा माथिल्लो तामाकोशीको शेयर
  • आइतवार, आषाढ १३ २०७८

  • 661
    SHARES

  • दोहोरो अंकले बढ्दै शेयर बजार

    काठमाडौं – आज शेयर बजार सकारात्मक दिशामा अगाडि बढेको छ । दिउँसो सवा १ बजेसम्ममा शेयर बजार मापक नेप्से परिसूचक ३०.३२ अंकले बढेको छ ।

    सो समयमा बजार १.०७ प्रतिशतले बढ्दै २८७३.३१ विन्दुमा पुगेको छ ।

    कारोबार जारी रहँदा सेन्सेटिभ परिसूचक ६.६२ अंकले बढ्दै ५३२.२६ विन्दुमा पुगेको छ ।

    यो समाचार तयार गर्दैगर्दा २ सय २१ कम्पनीको ८५ लाख ८८ हजार ७७५ कित्ता शेयर ३ अर्ब ८५ करोड ४३ लाख ८७ हजार ५ सय ४४ रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् ।

    यस समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना र सेन्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेका छन् ।


    आइतवार, आषाढ १३ २०७८०२:२९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij