Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डको प्रश्न : 'हु इज केपी ओली ?'

प्रचण्डको प्रश्न : 'हु इज केपी ओली ?'

  • शनिवार, आषाढ १२ २०७८

  • 1.1K
    SHARES

  • प्रचण्डको प्रश्न  : 'हु इज केपी ओली ?'

    काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप लगाउनुभएको छ ।

    विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रियामा भाग लिँदै प्रचण्डले राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै आक्रोश व्यक्त गर्नुभयो।

    प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने? राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भन्ने हु इज केपी ओली?’

    प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपतिलाई मनपरी भन्न अहिले विपक्षी गठबन्धनमा प्रतिस्पर्धा चलिरहेको बताउनुभएको थियो ।

    केपी ओली लोकतन्त्र र गणतन्त्रको विरोधी रहेको भन्दै विदेशीको आडमा ओलीले निरकुंश शासन चलाउन खोजेको आरोप प्रचण्डले लगाउनुभयो। उहाँले विदेशीका सामू हेपिन तयार नरहेको समेत बताउनुभयो।

    प्रचण्डले भन्नुभयो, संविधान बनाउने बेला कति तनाव थियो, कति दवाव थियो । नेपाली मिलेरै बनाइयो । चुनाव नगराउन नि दवाव थियो । गरायौँ । अहिले पनि नेपालको निर्णय नेपालीले गर्ने हो । हामी हेपिन तयार छैनौँ।


    शनिवार, आषाढ १२ २०७८०५:२२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij