Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैनः देउवा

माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैनः देउवा

  • शनिवार, आषाढ १२ २०७८

  • 934
    SHARES

  • माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैनः देउवा

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाउनुभएको छ ।

    पत्रकारहरुसँग शनिबारको अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताउनुभयो ।

    ‘अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि। राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमतसहित दाबी गर्यौँ । राष्ट्रपतिलाई समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ भनेर सोधेको भए हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो’, देउवाले भन्नुभयो।


    उहाँले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको कार्यकर्ता बनेको आरोप लगाउनुभयो। देउवाले ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी हुन् भन्दै आफूलाई बेकारमा अ‍ोलीसँग मिलेको आरोप लगाइएको बताउनुभयो।

    सभापति देउवाले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर एक महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ।’

    अर्को प्रसंगमा देउवाले माधव नेपालको प्रशंसा गर्दै उहाँमाथि धोका नहुने बताउनुभयो। नेपाललाई अ‍ोली पक्षबाट प्रधानमन्त्रीको अफर आएको सन्दर्भमा उहाँले माधव नेपाल लडाकू मित्र भएको बताउनुभयो।

    ‘माधवजी लडाकू मित्र हो । उहाँलाई पनि कुनै धोका हुँदैन । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ’, देउवाले भन्नुभयो।


    शनिवार, आषाढ १२ २०७८०५:१६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij