Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ निमोनियाको घरेलु उपचार विधि :

यस्तो छ निमोनियाको घरेलु उपचार विधि :

  • शनिवार, आषाढ १२ २०७८

  • 3.2K
    SHARES

  • यस्तो छ निमोनियाको घरेलु उपचार विधि :

    ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाई, थकान, श्वासप्रश्वासमा समस्या जस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने गर्छ । सामान्य निमोनिया र कोभिड १९ का लक्षणसमेत एकअर्कासँग मिल्छन् । यसर्थ, सामान्य निमोनिया हुँदैमा आत्तिनु हँुदैन । निमोनियाको उपचारका लागि एन्टीबायोटिक आवश्यक हुन्छ, तर सामान्य खालको निमोनियाका लक्षण कम गर्न घरेलु उपचार नै प्रभावकारी मानिन्छ ।

    1800x1200_home_treatments_for_pneumonia_slideshow.jpg

    -घाँटी दुख्ने र खोकी लाग्ने जस्ता लक्षणका लागि नुनपानीको सेवन प्रभावकारी मानिन्छ । एक गिलास तातो पानीमा एक चम्चा नुन राखेर प्रत्येक तीन घण्टामा पिउनुपर्छ ।

    -पुदिना, अदुवा, जिरा, दालचिनीको बोक्रा, ल्वाङ जस्ता भान्सामा उपलब्ध हुने हर्बलमा औषधिय गुण पाइन्छन् । यस्ता हर्बलमा एन्टीब्याक्टेरियल गुणसमेत हुने भएकाले निमोनियाका कारण हुने श्वासप्रश्वासको समस्याको लागि फाइदाजनक हुने गर्छ । यी सबै हर्बल मिसाएर बनाएको धुलो पानीमा मिसाएर दैनिक सेवन गर्दा निमोनिया कम गर्न सकिन्छ ।

    -घाँटीमा हुने सुजन र इरेक्सनका लागि हर्बल चिया पनि फाइदाजनक हुन्छ । सुख्खा खोकीकोे घरेलु उपचारका लागिसमेत हर्बल चियाको प्रयोग गर्न सकिन्छ ।

    lemon-ginger-honey-tea.jpg

    -महमा एन्टीमाइक्रोबियल, एन्टीब्याक्टेरियल र एन्टीइन्फ्लामेटरी तत्व पाइने भएकाले यसले निमोनियाका लक्षण कम गर्न मद्दत गर्छ । निमोनियाका लक्षण देखिएका बिरामीलाई सुत्नुभन्दाअघि प्रत्येक दिन एकचम्मा मह खुवाउन सकिन्छ ।

    -भिटामिन सीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले प्रतिरोधी क्षमता बढाउने भएकाले विभिन्न भाइरल इन्फेक्सनबाट बच्न सकिन्छ । सामान्यतया निमोनियालाई जटिल हुन नदिन भान्सामै पाइने हर्बलहरुको प्रयोग गर्न सकिन्छ । स्वस्थ खानपानमा ध्यान दिने र लक्षणलाई ध्यानमा राखेर उपचार विधि अपनाएर निमोनिया कम गर्न सकिन्छ ।

     


    शनिवार, आषाढ १२ २०७८०३:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij