Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई थापाको सुझाब, ‘राजा फर्काउने आन्दोलनको नेतृत्व लिनुहोस्’

प्रचण्डलाई थापाको सुझाब, ‘राजा फर्काउने आन्दोलनको नेतृत्व लिनुहोस्’

  • शनिवार, आषाढ १२ २०७८

  • 628
    SHARES

  • प्रचण्डलाई थापाको सुझाब, ‘राजा फर्काउने आन्दोलनको नेतृत्व लिनुहोस्’

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजतन्त्र फर्काउने आन्दोलनको नेतृत्व लिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिनुभएको छ ।

    बिहीबार अध्यक्ष प्रचण्डले सम्पादकहरुसँगको अन्तरक्रियामा राष्ट्रपतिभन्दा त बरु राजा नै ठीक भन्ने अभिव्यक्ति निुभएको थियो । उहाँको यस निश्कर्षपछि राजसंस्था पुनःस्थापनाबारे थापाले यस्तो सुझाब दिनुभएको हो ।

    अध्यक्ष थापाले प्रचण्डले बोलेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै थापाले राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन भन्ने प्रचण्डले महशुस गरेको संकेत दिनुभएको छ ।

    ‘प्रचण्डजीले सही भन्नु भयो । हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन’, उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘त्यसर्थ, देशको शान, मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं । यो असल कामको पहल गर्नुहोस !’

    Capture.PNG

     


    शनिवार, आषाढ १२ २०७८१२:३३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij