Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चल्योः प्रधानमन्त्री ओली

राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चल्योः प्रधानमन्त्री ओली

  • शुक्रवार, आषाढ ११ २०७८

  • 941
    SHARES

  • राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चल्योः प्रधानमन्त्री ओली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गर्नुभएको छ ।

    रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैँ राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उहाँले बताउनुभयो।

    शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजो पनि केही भुतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि ‘ ।’

    एमाले अध्यक्ष समेत रहेका ओलीले अघि भन्नुभयो, ‘राष्ट्रपति भन्दा राजै राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो ।’

    बिहीबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको बताउँदै भन्नुभएको थियो, ‘अहिले त राष्ट्रपति भनेको संस्था त... राजाहरु हुँदा एउटा शान थियो । अहिले त शान पनि छैन, मान पनि छैन, कस्तो भयो हामीले बनाएको संस्था?’

    प्रधानमन्त्री ओलीले भने राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको भन्दै बचाउ गर्नुभयो । ‘उहाँहरु (विपक्षी गठबन्धन)को सम्बन्धमा मलाई धेरै केही भन्नु छैन । आ–आफ्नो कल्चरल लेभलको कुरा होला, गणतन्त्रप्रति वैरभाव पनि होला’, प्रधानमन्त्रीले भन्नुभयो।

     


    शुक्रवार, आषाढ ११ २०७८०६:०४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij