Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोपा अमेरिका :

ब्राजिलको लगातार तेस्रो जित

ब्राजिलको लगातार तेस्रो जित

  • बिहिवार, आषाढ १० २०७८

  • 1.3K
    SHARES

  • ब्राजिलको लगातार तेस्रो जित

    जेन्सी - कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएउँदै लगातार तेस्रो जित निकालेको छ ।

    आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो ।

    ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र कासमिरोले एक–एक गोल गरे ।

    खेलमा अग्रता लुइस डियाजको गोलमा कोलम्बियाले लिएको थियो ।

    खेलको १० औँ मिनेटमा जुआन कुआड्राडोको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

    खेल सकिन १२ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो । रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए ।

    खेलको इन्जुरी समयमा ब्राजिलले विजयी गोल गर्यो ।

    ब्राजिलले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । ब्राजिलसँग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ ।

    पेरु ४, इक्वेडर २ र भेनेजुयला २ अंक सहित क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छ ।

    आज राति भएको पहिलो खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

    ब्राजिल यसअघि नै दोस्रो चरणमा पुगिसकेको छ ।


    बिहिवार, आषाढ १० २०७८०१:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij