रामपुरका कांग्रेस कार्यकर्तालाई नवलपुरमा प्रशिक्षण
रामपुरका कांग्रेस कार्यकर्तालाई नवलपुरमा प्रशिक्षण
मंगलवार, पौष ८ २०८२
843
SHARES
काठमाडौं। पाल्पाको रामपुर १ का नेपाली कांग्रेसका अगुवा कार्यकर्ता एबं जनप्रतिनिधिहरु एक दिने आवासीय पुनर्ताजगी प्रशिक्षण एबं अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका छन्।
नवलपुर जिल्लाको कावासोती १५ स्थित अमलटारी होम स्टेमा रामपुरबाट आएका सहभागीलाई कांग्रेस युवा नेता शंकर तिवारीले नेपालको वर्तमान परिस्थिति र पार्टीको भुमिकाबारे प्रशिक्षण दिनुभएको थियो। सहभागीहरुले वडाको वर्तमान सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक अवस्था र वडा कार्यसमितिले आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका बहु आयाम बारे छलफल एवं अन्तरक्रिया गरेका थिए ।
नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव समेत रहनु भएका रामपुर नगरपालिका वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष एवं रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँडले कार्यक्रमको संयोजन गर्नुभएको थियो।
आफ्नो गाउँ ठाउँभन्दा नयाँ वातावरणमा गएर सिक्ने र सिकाउने कार्यक्रममा सहभागी हुन पाएकोमा सहभागीहरू उत्साहित एवं पुनर्जागृत भएर रामपुर फर्किएको वडा नम्बर १ नेपाली कांग्रेसका सभापति दानबहादुर मल्लले जानकारी दिनुभयो।
पार्टीका जिल्ला सदस्य विक्रम ठकुरीले कार्यक्रम निकै उपयोगी र प्रभावकारी भएको अनुभव सुनाउनुभयो ।