Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तार र पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ आज हुने

मन्त्रिपरिषद् विस्तार र पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ आज हुने

  • मंगलवार, आषाढ ८ २०७८

  • 453
    SHARES

  • मन्त्रिपरिषद् विस्तार र पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ आज  हुने

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुने भएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै गत जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

    सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ । यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो ।

    अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुङ्गो लाग्ने भएको छ । रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।


    मंगलवार, आषाढ ८ २०७८०९:२९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij