Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको आकस्मिक बैठकले गर्‍यो यी दुई निर्णय

माओवादी केन्द्रको आकस्मिक बैठकले गर्‍यो यी दुई निर्णय

  • सोमवार, आषाढ ७ २०७८

  • 666
    SHARES

  • माओवादी केन्द्रको आकस्मिक बैठकले गर्‍यो यी दुई निर्णय

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ । आज बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएको छ । साथै, उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ ।

    भर्चुअल रुपमा गरिएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको छ । स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेतालाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो ।

    यसअघि माओवादी केन्द्रले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाए पनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन ।

    आजको बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा पनि कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको छ । यसअघि शुक्रबार लीलामणि पोखरेल, देव गुरुङलगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरे पनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

     


    सोमवार, आषाढ ७ २०७८११:५४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij