Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोपा अमेरिका :

पेरुसँग कोलम्बिया पराजित, भेनेजुएला र इक्वेडरले बराबरी खेले

पेरुसँग कोलम्बिया पराजित, भेनेजुएला र इक्वेडरले बराबरी खेले

  • सोमवार, आषाढ ७ २०७८

  • 1.1K
    SHARES

  • पेरुसँग कोलम्बिया पराजित, भेनेजुएला र इक्वेडरले बराबरी खेले

    काठमाडौँ । कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा पेरुले पहिलो जित हासिल गरेको छ ।

    समूह बी को आफ्नो पहिलो खेलमा साविक विजेता ब्राजिलसँग ४–० ले स्तब्ध भएको पेरुले आज विहान भएको खेलमा कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

    समूह बी अन्तर्गत नै आज विहान सम्पन्न अर्को खेलमा समूहको पुछारमा रहेका दुई टोलीहरु भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेले । समूहको पहिलो खेलमा ब्राजिलसँग हारेको भेनेजुएलाले त्यसयता लगातार दोस्रो बराबरी खेलेको हो ।

    कोपा अमेरिकामा भोलि विहान समूह ए अन्तर्गतका दुई खेलहरु हुनेछन् । विहान पौने ३ देखि सुरु हुने खेलमा उरुग्वे र चिली आमने सामने हुँदैछन् भने पौने ६ बजेदेखि सुरु हुने दोस्रो खेलमा पाराग्वेले अर्जेन्टिनाको सामना गर्नेछ ।


    सोमवार, आषाढ ७ २०७८०९:१५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij