Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारको सर्वत्र प्रशंसा भइरहेको छ, पदलोलुपले पार्टीमा विवाद भएको हो : महेश बस्नेत

सरकारको सर्वत्र प्रशंसा भइरहेको छ, पदलोलुपले पार्टीमा विवाद भएको हो : महेश बस्नेत

  • शनिवार, श्रावण १० २०७७

  • 856
    SHARES

  • सरकारको सर्वत्र प्रशंसा भइरहेको छ, पदलोलुपले पार्टीमा विवाद भएको हो : महेश बस्नेत

    काठमाडौँ । नेकपाका नेता महेश बस्नेतले सरकारले राम्रो काम गरेकोभन्दै जताततै प्रशंसा भइरहेको दावी गर्नुभएको छ । उहाँले सरकारको आलोचना गर्नेहरु पुर्वाग्रही भएको र स्वतन्त्र तथा निश्पक्ष मुल्यांकन गर्नेहरुले सरकारको प्रशंसा गरेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मैले त सवैतिरबाट सरकारको वहावहा गरेर प्रशंसा भइरहेको पाएको छु । कोरोनाको व्यवस्थापनका लागि, राष्ट्रिताको पक्षमा र जनतालाई सेवा दिनेसम्वन्धमा सरकारले गरेका कामहरु धेरै प्रशंसनीय छन् नी ।”

    उहाँले सामाजिक अभियान्ता र स्वतन्त्र नागरिकहरुले सरकारले राम्रो काम गरेको सार्वजनिक रुपमा भन्दै आएको जानकारी दिनुभयो ।
    सामाजिक सञ्जालहरुमा पनि सरकारले राम्रो काम गरिरहेको भनेर धेरैले लेख्ने बोल्ने गरेको बस्नेतको भनाइ छ ।

    पार्टी भित्रको विवादका सम्वन्धमा उहाँले कतिपय नेताहरुको मनमा पदको इच्छा रहेकाले विवाद सृजना भएको टिप्पणी गर्नुभयो ।
    उहाँले भन्नुभयो, “कतिपय पद लोलुप नेताहरुले भागबण्डाका लागि विवादास्पद अभिव्यक्ति दिने गरेको पाइएको छ, यो उहाँहरुको कुण्ठा मात्रै हो, त्यसबाट केही हुदैन ।”

    नेता बस्नेतले पुर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुप्रति लक्षित गर्दै उहाँहरु गुटको जन्जीरमा परेको आरोप लगाउनुभयो ।

    पुर्वप्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा केही गर्न नसकेको र अहिले प्रधानमन्त्री ओलीले धमाधम गरिरहेका कामबाट आत्तिएको बस्नेतको दावी छ । उनीहरुलाई कसैले नपत्याउने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री विरुद्ध षड्यन्त्र गर्न नेताहरुले होटल होटमा बैठक गर्नु गलत भएको पनि उहाँको भनाई छ ।


    शनिवार, श्रावण १० २०७७०१:३५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij