Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सभापति देउवाद्धारा महाधिवेशन केन्द्रीत छलफललाई तिव्रता

सभापति देउवाद्धारा महाधिवेशन केन्द्रीत छलफललाई तिव्रता

  • आइतवार, आषाढ ६ २०७८

  • 696
    SHARES

  • सभापति देउवाद्धारा महाधिवेशन केन्द्रीत छलफललाई तिव्रता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टी सभापतिमा उम्मेद्वारी दिने तयारी अनुसार महाधिवेशन केन्द्रीत छलफललाई तिव्रता दिन थाल्नु भएको छ ।

    उहाँले केहीदिनदेखि गोप्य रुपमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँग परामर्श बैठक गर्दै महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिनु भएको छ ।

    उहाँले केन्द्रमा आफु सभापतिमा फेरि उठ्ने जानकारी दिदै उहाँले जिल्ला जिल्लाबाट आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुलाई जिताउन पनि निर्देशन दिनु भएको छ ।

    छलफलमा सहभागी नेताहरुले सभापति देउवा उम्मेदवारीको पूर्ण तयारीका साथ गृहकार्यमा लागेको पाएको बताएका छन् ।

    उहाँले अहिले प्रदेश प्रदेशका आफु निकटका नेताहरुसँग चरण चरणमा छलफल गर्नुभएको जनाइएको छ । उहाँले आफ्नो संयन्त्रलाई पनि परिचालन गर्न थालिसक्नु भएको एक नेताले जानकारी दिएका छन् ।

    नेताहरुलाई सभापति देउवासँग भएको छलफल र उहाँले गरेको तयारीका बारेमा बाहिर सार्वजनिक नगर्न समेत देउवाको सचिवालयले सवैलाई आग्रह गरेको थियो ।

    प्रदेशका नेताहरुसँग छलफल गर्ने क्रममा उहाँले आज बागमती प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्नुहुने भएको छ । छलफलमा बोलाउदाँ गोप्य रुपमा आउन भन्ने गरिएको र छलफलको विषय भने उल्लेख नगर्ने गरिएको नेताहरुले जनाएका छन् ।

    सभापति देउवाले प्रदेश १ र प्रदेश २ का केन्द्रीय नेताहरुसँग छुट्टाछुट्टै छलफल यसअघि नै गरिसक्नु भएको छ । छलफल देउवा निवास बुढानिलकण्ठमा नै हुने गरेको छ ।


    आइतवार, आषाढ ६ २०७८०९:२५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij