Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता तथा पूर्वराज्यमन्त्री विष्टको निधन

काँग्रेस नेता तथा पूर्वराज्यमन्त्री विष्टको निधन

  • आइतवार, आषाढ ६ २०७८

  • 685
    SHARES

  • काँग्रेस नेता तथा पूर्वराज्यमन्त्री विष्टको निधन

     

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यभन्त्री तप्त बहादुर विष्टको निधन भएको छ ।
    नेपाली काँग्रेस सुर्खेतका पूर्व जिल्ला सभापति समेत रहनु भएका विष्टलाई झण्डै १० दिन अगाडि उपचारका लागि काठमाडौ ल्याइएको थियो ।

    झण्डै ६० बर्षिय विष्टलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो ।

    गत २०७४ सालमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ सूचना तथा संचार राज्यमन्त्री हुनुभएको थियो ।

    उहाँ संविधान सभा सदस्य हुनुभएको थियो भने पूर्व जिविस उपसभापति समेत हुनुभएको थियो
    सालिन नेताका रुपमा चिनिनु भएका विष्टको असामयीक निधनप्रति उहाँका इष्टमित्र तथा सुवेच्छुक र काँग्रेसका नेता तथा कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् ।


    आइतवार, आषाढ ६ २०७८०८:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij