Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
सर्वोच्चलाई लिखित जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने :

‘देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलीयता ब्युँतन्छ’ (पूर्णपाठसहित)

‘देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलीयता ब्युँतन्छ’ (पूर्णपाठसहित)

  • बिहिवार, आषाढ ३ २०७८

  • 722
    SHARES

  • ‘देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलीयता ब्युँतन्छ’ (पूर्णपाठसहित)

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवाको दावीअनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलीयता ब्युँतने दावी गर्नुभएको छ । संवैधानिक इजलाशको आदेशअनुसार आज सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाउँदै उहाँले यस्तो बताउनुभएकमो हो ।

    प्रधानमन्त्री ओलीले देउवासहितका १४६ निवर्तमान सांसदले माग गरेबमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाझै निर्दलीयता ब्युँतने जिकिर गर्नुभएको छ ।

    प्रतिनिधिसभा विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले सातौं दिन आज महान्यायाधिवक्ता कार्यालयमार्फत् पठाइएको जवाफमा रिट निवेदकहरुको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत रहेको दलील पेश गर्दै गर्नुभएको हो । उहाँले दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई नभएकोसमेत स्पष्ट पार्नुभएको छ ।

    ‘आफ्नो दलको नेताले प्रधानमन्त्रीका लागि दावी पेश गरेको अवस्थामा सोही दलका सांसदले विपक्षी दलको नेतालाई समर्थन गर्ने कार्य संसदीय प्रणालीमा कल्पना नै गर्न सकिँदैन’, उहाँले दिएको जवाफमा भनिएको छ ।

    प्रधानमन्त्रीले दिएको जवाफको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :

    pm oli jawaf in court.pdf :To download file click here


    बिहिवार, आषाढ ३ २०७८०१:४६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij