Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

  • बिहिवार, आषाढ ३ २०७८

  • 795
    SHARES

  • काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने तयारी भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बस्नेगरी बैठक बोलाइएको छ ।

    पार्टीको आसन्न महाधिवेशनलाई केन्द्रीत गरेर बैठक बस्न लागेको नेताहरुले जानकारी दिएका छन् । विषेश गरेर आगामी भदौ भित्रमा पार्टीको महाधिवेशन गर्नै पर्ने बैधानिक बाध्यतामा परेको काँग्रसले महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने बारेमा नै छलफल गर्न लागेको हो ।


    देशभरीका सवै प्रतिनिधि एकैठाउँमा भेला भएर महाधिवेशन गर्न उपयुक्त नहुने भएकाले त्यसको विकल्पका बारेमा छलफल हुने नेताहरुले जनाएका छन् । केन्द्रीय कार्यसमितिका लागि पनि जिल्ला जिल्लाबाट नै मतदान गर्न सकिने व्यवस्था गर्न नेतृत्वलाई दवाव आइरहेकाले अहिलेको बैठकले यस बारेमा निर्णय लिने अपेक्षा गरिएको छ।


    वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशस्तरका पार्टी संरचनाको निर्वाचनलाई कसरी गर्ने भन्ने बारेमा पनि बैठकमा छलफल हुने काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले जानकारी दिनुभयो ।


    बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्मका अधिवेशनको तालिकालाई अन्तिम रुप दिने र त्यसअनुसारको कामलाई अगाडि बढाउने बारेमा निर्णय गर्ने भएको छ ।


    त्यसैगरी पार्टीको क्रियाशिल सदस्यतासम्वन्धी विवादलाई चाडो टुग्याउने समय तोक्ने र विवाद नटुंगीएका ठाउँका प्रतिनिधि सहभागी हुन नपाउने व्यवस्था गर्ने संभावना रहेको छ ।


    बैठकमा समसामयीक राजनीतिक विषयमा पनि सामान्य छलफल र समिक्षा हुनसक्ने नेताहरुले जानकारी दिएका छन् ।


    बिहिवार, आषाढ ३ २०७८०९:००:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij