Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुखको अपील

बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुखको अपील

  • बुधवार, आषाढ २ २०७८

  • 934
    SHARES

  • बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुखको अपील

    काठमाडौं । सिन्धुपाल्चोकको बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुख अग्निप्रसाद सापकोटाले अपील गर्नुभएको छ ।

    सभामुख सापकोटाले पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहतका लागि जुट्न सबै पक्षलाई अपील गर्नुभएको हो ।

    सभामुख सापकोटाको गृह सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको बाढी र पहिरोबाट ७ जनाको मृत्यु भएको छ ।

    हराइरहेकाहरूको खोजी जारी छ ।

    ‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु । विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ सापकोटाले भन्नुभएको छ ।

    सापकोटा स्थलमार्ग हुँदै आजै सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ।


    बुधवार, आषाढ २ २०७८१०:२५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij