Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बाढी पहिरो व्यवस्थापनका लागि आपतकालिन बैठक

बाढी पहिरो व्यवस्थापनका लागि आपतकालिन बैठक

  • बुधवार, आषाढ २ २०७८

  • 809
    SHARES

  • बाढी पहिरो व्यवस्थापनका लागि आपतकालिन बैठक

    काठमाडौं । देशका विभिन्न ठाउँमा बढी पहिरोले गरेको क्षती र त्यसको व्यवस्थापनका लागि सरकारी उच्च अधिकारीहरुको बैठक भर्खरै सकिएको छ ।

    सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बाढी पहिरोको वियषमा बिपद ब्यवस्थापन सम्बन्धमा बैठक बसेको थियो ।

    उक्त बैठकमा स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ्ग, गृह सचीव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका रथी प्रभुराम शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गृह मन्त्रालयका प्रबक्ता जनकराज दाहाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृत अनिल पोख्रेल लगायतको सहभागीता रहेको थियो ।

    बैठकमा उद्धार तथा राहत कार्यलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको र तत्काल उद्धारकर्मीहरु परिचालन गर्ने निर्णय भएको जनाइएको छ ।


    बुधवार, आषाढ २ २०७८०९:२६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij