Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कसैले आफूलाई सर्वोपरी ठाने आफै पतन हुन्छः माधव नेपाल

कसैले आफूलाई सर्वोपरी ठाने आफै पतन हुन्छः माधव नेपाल

  • शुक्रवार, श्रावण ९ २०७७

  • 1.2K
    SHARES

  • कसैले आफूलाई सर्वोपरी ठाने आफै पतन हुन्छः माधव नेपाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिनुभएको छ । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले विधिको पालना नगरेर कसैले आफूलाई सर्वोपरी ठाने आफै पतन हुने चेतावनी समेत दिनुभएको छ ।

    पार्टी नेता कार्यकर्तामा कम्युनिष्ट पार्टी फुट्छ कि भन्ने चिन्ता रहेको भन्दै उहाँले कसैले फुटाउन खोजे पनि पार्टी जफुट्न् दावी गर्नुभयो ।
    नेता नेपालले भन्नुभयो, कोही चोइटिएर जालान्, तर कम्युनिष्ट पार्टी फुट्नेवाला छैन ।’ पुष्पलालले कम्युनिष्ट पार्टी सर्वहारा वर्गको अग्रदल हो भनेको कुरालाई मनन् गर्दै समाजवादको दिशामा अगाडि बढ्ने जिम्मेवारी अहिलेको कम्युनिष्ट पार्टीको काँधमा आएको उहाँले बताउनुभयो ।

    जनताले नेकपाबाट ठूलो अपेक्षा गरेर त्यही विश्वासले गर्दा झण्डै दुई तिहाइको मत दिएको नेता नेपालले बताउनुभयो । अहिले जनताको आशा र अपेक्षा पूरा गर्न सक्ने÷नसक्ने प्रश्न नेकपासामु खडा भएको उहाँको भनाइ छ ।

    जनताको भावना र चाहना बुझ्नका लागि पार्टी संगठनहरू क्रियाशील छन् कि छैनन् ? कार्यकर्ताहरू परिचालित छन् कि छैनन् ? यी सबै समस्याहरूका विषयमा गम्भीरताका साथ चिन्तन मनन् गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।


    शुक्रवार, श्रावण ९ २०७७०५:५९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij