Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देश विकासका लागि काँग्रेस नेता भण्डारीका ६ सुझाव

देश विकासका लागि काँग्रेस नेता भण्डारीका ६ सुझाव

  • मंगलवार, आषाढ १ २०७८

  • 740
    SHARES

  • देश विकासका लागि काँग्रेस नेता भण्डारीका ६ सुझाव

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले देश विकासका लागि छ सुत्रिय सुझाव दिनुभएको छ ।

    उहाँले कोरोनाको व्यवस्थापन, जलश्रोतको अधिकतम प्रयोग, रोजगारी सृजना, एकिकृत बस्तीको व्यवस्थालगायतमा ध्यान दिएर नेपालको विकास गर्नु पर्नेमा जोड दिनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले प्रदेश सरकारहरुले बजेट ल्याउदाँ स्थानीय आवश्यकता, क्षमता र जनचाहनालाई ध्यान दिन सुझाव पनि दिनुभयो ।

    उहाँले नागरिकताको समस्यालाई पनि देशको नेतृत्व गर्नेहरुले तत्काल समाधान गर्नुपर्ने खाँचो औल्याउनु भयो । नेता भण्डारीले नेपालको नागरिकताको विषयलाई भारतसँग मात्रै जोडेर हेर्नु अल्पबुझाई हुने तर्क गर्दै चीन, म्यानमार, भुटानलगायत अन्य देशसँग पनि जोडीने दावी गर्नुभयो ।

    नेपालको पहाडी भूभागबाट ठूलो मात्रामा ढुंगा गिटी निकाल्नु घातक हुने उहाँको भनाई छ । पहाड भत्काउन थालियो, धेरै खनियो भने नेपाल मरुभूमी बन्छ, व्यापार घाटा कम गर्ने नाममा यस्ता दिर्घकालिन क्षती हुने काम गर्नुहुदैन, उहाँले भन्नुभयो ।

    पाँच पूर्व प्रधानमन्त्रीहरुको वक्तव्यलाई दुर्लभ र महत्वपूर्ण वक्तव्यको संज्ञा पनि उहाँले दिनुभयो ।
    काँग्रेस नेता भण्डारीले राजनीतिक घटनाक्रम हेर्दा उहाँहरुले बोल्नु अत्यावश्यक नै देखिएको उहाँले बताउनुभयो ।

     

     

     


    मंगलवार, आषाढ १ २०७८१०:०१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij