Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर कारोबारमा चलखेल भएको भन्दै ‘एओेएन’ बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

सेयर कारोबारमा चलखेल भएको भन्दै ‘एओेएन’ बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

  • आइतवार, जेठ ३० २०७८

  • 1.2K
    SHARES

  • सेयर कारोबारमा चलखेल भएको भन्दै ‘एओेएन’ बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

    काठमाडौं – अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा हुने ‘अल अर नन’ (एओेएन)को दुरुपयोग गरेर हुने गरेको चलखेल रोक्न नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

    नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आजदेखि लागू हुने गरी आइओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टिएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।

    कृषिमा अर्डर देखाएर सेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबारसम्बन्धि विद्यमान व्यवस्थामा केही फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिनुभयो ।

    टिएमएसमा आइओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।

     


    आइतवार, जेठ ३० २०७८०३:०६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij