Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रहरी हिरासतमा नबसेको मेरो परिवारमा सायदै कोही छैन: मुख्यमन्त्री पोखरेल

प्रहरी हिरासतमा नबसेको मेरो परिवारमा सायदै कोही छैन: मुख्यमन्त्री पोखरेल

  • आइतवार, जेठ ३० २०७८

  • 1.3K
    SHARES

  • प्रहरी हिरासतमा नबसेको मेरो परिवारमा सायदै कोही छैन: मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले कोरोनामहामारी नियन्त्रण नै आफुनो पहिलो र तत्कालिन प्राथमिकता भएको बताउनु भएको छ ।

    उहाँले हरेक बर्षको असार १ गते प्रदेश सरकारले बजेट घोषणा गर्नु पर्ने बाध्यता भएकाले आज र भोली बजेटमै केन्द्रीत हुने जानकारी पनि दिनुभयो ।

    “निवर्तमान सरकारले बनाएको बजेटमा केही संशोधन गर्न पर्ने भएमा सामान्य संशोधन गरिनेछ, नत्र अहिले हामीले आफ्ना धेरै कार्यक्रम र तयारीसहित बजेट ल्याउन नपाइने भएको छ,” नेपाली बहसमा उहाँले भन्नुभयो ।

    पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले सवैसँग मिलेर, सल्लाह गरेर नै सरकारलाई अगाडि बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

    आफ्नो जीवनकालमा पहिलो पटक राज्यको निकायमा रहेर सेवा गर्ने मौका मिलेको बताउदै उहाँले यसलाई अधिकतम जनताको पक्षमा केन्द्रीत गर्ने उल्लेख गर्नुभयो ।

    आफ्नो पारिवारिक पृष्ठभूमिको बारेमा बताउदै उहाँले उहाँले भन्नुभयो, “मेरो पिताजी पनि काँग्रेसको केन्द्रीय सदस्य हुनुुहुन्थ्यो, म सानै रहेका बेला काँग्रेसको मुक्ति सेनालाई खाना लैजानु पर्दथ्यो, बेला बेलामा म पनि जान्थ्येँ, त्यसैले म जन्मजात राजीतिमा लागेको मान्छे हँु ।”

    मुख्यमन्त्री नेपालीले लोकतन्त्रका लागि संघर्ष गरेको परिवार भएकाले आफ्नो परिवारका प्रायः सवै सदस्य प्रहरीको हिरासतमा बसेको बताउनुभयो ।

    उहाँले पञ्चायतालमा खुल्ला राजनीति गर्न नपाइने भएकाले आफुले शिक्षकको रुपमा आठ बर्ष र र त्यसपछि केही समय कानुन व्यवसायीको रुपमा अप्रत्यक्ष तरिकाले राजनीतिक गतिविधिमै गरिरहेको जानकारी दिनुभयो ।

    “जन्मेदेखि अहिलेसम्म निरन्तर पार्टीको काम गरेँ, अहिले पहिलो पटक राज्यको जिम्मेबारीमा रहेर काम गर्ने मौका मिलेको छ, नयाँ भूमिकाबाट सेवा गर्ने अवसर पाएकाले यसबाट म सन्तुष्ट नै छु,” उहाँले भन्नुभयो ।

    उहाँले प्रदेश सरकारबाट जनताको सेवा गर्ने क्रममा सवै पक्षको सहयोग लिने बताउदै गठबन्धन भित्र पनि सुमधुर सम्वन्ध बनाइराख्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    स्वतन्त्र सांसद राजीवन गुरुङका बारेमा सोधिएको प्रश्नमा उहाँले प्रदेश सभा भंग हुन नदिनका लागि गुरुङले महत्वपूर्ण राजनीतिक निर्णय गरेको उल्लेख गर्नुभयो ।

     


    आइतवार, जेठ ३० २०७८०९:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij