Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पूर्वप्रधानमन्त्रीहरुप्रति प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको कडा आरोप

पूर्वप्रधानमन्त्रीहरुप्रति प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको कडा आरोप

माधव नेपालले अपराध गरेको आरोप
  • आइतवार, जेठ ३० २०७८

  • 1.2K
    SHARES

  • पूर्वप्रधानमन्त्रीहरुप्रति प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको कडा आरोप

    काठमाडौं । पूर्व प्रधानमन्त्रीहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा. राजन भट्टराईले कडा टिप्प्णी गर्नुभएको छ । दिर्घकालिन असर पर्ने निर्णय नगर्न आग्रह गर्दै पाँच पूर्व प्रधानमन्त्रीहरुले हिजो वक्तव्य प्रकाशित गर्नुलाई उहाँले नक्कली राजनीतिको संज्ञा दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले पूर्व प्रधानमन्त्रीहरुले अत्यन्त तल्लोस्तरको राजनीति गरिरहेको आरोप पनि लगाउनुभयो ।

    “नेपालको राजनीतिमा विक्रिति भित्रयाएकै उहाँहरुले हो, २०४७ सालको संविधान असफल बनाउनेहरु पनि उहाँहरु नै होे,” सल्लाहकार भट्टराईले भन्नुभयो । काम चलाउन प्रधानमन्त्रीले मन्त्रीपरिषद् पूनर्गठन गर्न मिल्दैन भनेर नेपालका कुन कानुनमा लेखिएको छ भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो ।

    अहिले प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार रहनु भएका भट्टराई तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला पनि सल्लाहकार रहनु भएको थियो ।

    आफु सल्लाहकार भएका बेला नेता नेपालले राम्रो नै गरेको तर अहिले भने विग्रिएको उहाँले दावी गर्नुभयो । “मलाई त्यतिबेला उहाँको सल्लाहकार भएकोमा कुनै पश्चाताप छैन, त्यति बेला ठिक गर्नु भएको थियो, तर उहाँले अहिले बेठिक गर्दै हुनुुहन्छ,” ओलीका सल्लाहकार भट्टराइले भन्नुभयो ।
    नेता नेपालले अहिले पार्टीमाथी ठूलो अपराज गरेको आरोप पनि भट्टराईले लगाउनुभयो ।

    उहाँमा अहिले अराजनीतिक व्यवहार देखिएको छ, व्यक्तिगत कुन्ठा, व्यक्तिगत इस्र्या छ, आफ्नै पार्टीको अर्को मान्छे प्रधानमन्त्री भएको देख्न सक्नु भएको छैन, उहाँलाई छटपटी भएको छ, त्यसैले पाटी विरुद्ध उत्रिनु भएको छ, उहाँले भन्नुभयो ।

    एमालेका पूर्व महासचिव नेपालले पार्टीलाई आफ्नो बकौती जस्तो ठानेको आरोप पनि नेता भट्टराईले लगाउनुभयो ।


    आइतवार, जेठ ३० २०७८०९:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij