Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्दै, मनाङेले मागे गृह मन्त्रालय

गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्दै, मनाङेले मागे गृह मन्त्रालय

  • शनिवार, जेठ २९ २०७८

  • 1.5K
    SHARES

  • गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्दै, मनाङेले मागे गृह मन्त्रालय

    काठमाडौं – विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन निर्णायक बनेका दीपक मनाङेले गृह मन्त्रालयमा दाबी गरेका छन् । प्रदेशमा गृहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय भनिन्छ ।

    प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएसँगै कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दैछन् ।

    नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलार्ई गुरुङले बर्खास्त गर्नुभएको थियो ।

    स्रोतका अनुसार सांसद मनांगेले कांग्रेस र माओवादी केन्द्र गठबन्धनका नेताहरुसँगको छलफलमा आफूलाई गृह नभए अर्थ तथा योजनामन्त्री चाहिने बताएका छन् । मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन छ ।

    विपक्षी गठबन्धनले भने मनाङेलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको बताइएको छ ।



    शनिवार, जेठ २९ २०७८०३:१०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij