Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसका प्रदेश सांसद बैद्यलाई माफी माग्न काँग्रेसकै नेताहरुको दवाव

काँग्रेसका प्रदेश सांसद बैद्यलाई माफी माग्न काँग्रेसकै नेताहरुको दवाव

  • शनिवार, जेठ २९ २०७८

  • 899
    SHARES

  • काँग्रेसका प्रदेश सांसद बैद्यलाई माफी माग्न काँग्रेसकै नेताहरुको दवाव

    काठमाडौं । बाग्मती प्रदेश सभाका काँग्रेसका सदस्य नरोत्तम बैद्यलाइ तत्काल माफी माग्न काँग्रेसकै नेताहरुले दवाव दिएका छन् ।

    बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नाथुराम गोड्सेको आवश्यकता रहेको आशयको अभिव्यक्ति प्रदेश सभाको बैठकमा दिएकाले उहाँलाई तत्काल माफी माग्न काँग्रेस नेताहरुले दवाव दिएका हुन् ।

    प्रदेश सभाको काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले त उहाँलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन निर्देशन नै दिनु भएको छ ।

    सामाजिक संजालमा उहाँले हिजो नै लेख्नु भएको छ, “कांग्रेस सांसद बैद्यले आज वाग्मती प्रदेशशभा बैठकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

    आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।

    बैद्ययको अभिव्यक्तिलाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगनकुमार थापालगायतले पनि आपत्तिजनक भएको उल्लेख गर्नुभएको छ ।

    उहाँहरुले पनि बैद्यलाई तत्काल गल्ती महसुस गरी सार्वजनिक रुपमा क्षमायाचना गर्न आग्रह गर्नुभएको छ ।

     


    शनिवार, जेठ २९ २०७८०९:१२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij