Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवाको आह्वानमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवाको आह्वानमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

  • शनिवार, जेठ २९ २०७८

  • 988
    SHARES

  • देउवाको आह्वानमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा आज (शनिवार) पदाधिकारी बैठक बस्दैछ । शनिबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले बैठक बोलाउनुभएको हो ।

    बैठकमा पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक बिषयमा छलफल हुने सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

    कांग्रेसले आगामी भदौमा गर्ने गरी पार्टीको महाधिवेशन तय गरेको भए पनि कार्यतालिका भने प्रभावित भएको छ। कोरोना महामारीका कारण पार्टी महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले यस बिषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।

    पार्टीको महाधिवेशन समयमै गर्न सभापति देउवालाई नेताहरुले दबाब दिईरहेका छन् भने, संविधानतः आगामी भदौमा महाधिवेशन नभए कांग्रेसको वैधानिकतामा पनि प्रश्न उठ्ने देखिन्छ।

    यसअघि कांग्रेसका आधा दर्जन बढी केन्द्रिय सदस्यहरुले बैकल्पिक माध्यामबाट भएपनि भदौमा महाधिवेशन गर्नका लागि पहल कदमी लिन सुझाव दिएका थिए । देउवाले यसअघि आफू पार्टीको महाधिवेशन गर्न प्रतिवद्ध रहेको समेत दाबी गरेका थिए।


    शनिवार, जेठ २९ २०७८०६:४८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij