पोखरा- गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गर्नुभएको छ ।
माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उहाँ प्रदेश प्रमुखकहाँ जानुभएको हो ।
पोखरेलले जनमार्चाका २, जसपाका २, माओवादीका ११, कांग्रेसका १५ र एक स्वतन्त्रको समर्थन आफूलाई रहेको दाबीसहित मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न दाबी पेस गर्नुभएको हो ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। मनाङका राजीव गुरुङ एकमात्र स्वतन्त्र सांसद हुन्।
पोखरेललाई मुख्यमन्त्री बनाउने दाबीमा जनमोर्चाका सांसद कृष्ण थापा भने सहभागी छैनन्। उहाँलाई पार्टीले कारबाही गरेको पत्र शुक्रबारै प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाउनुभएको थियो ।