Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१३ अंकले घट्यो नेप्से, परिसूचक २९४६ विन्दुमा

१३ अंकले घट्यो नेप्से, परिसूचक २९४६ विन्दुमा

  • बुधवार, जेठ २६ २०७८

  • 915
    SHARES

  • १३ अंकले घट्यो नेप्से, परिसूचक २९४६ विन्दुमा

    काठमाडौं – आज शेयर बजार परिसूचक नेप्से १३.५६ अंकले घटेको छ । २९९५ विन्दुबाट शुरु भएको बजारले २ मिनेटमै ३ हजार अंक छोएको थियो । परिसूचक २९४६.५८ विन्दुमा पुगेर रोकिएको छ ।

    आज २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज फाइनान्स, उत्पादन, बीमा र व्यापार समूहमा लगानीकर्ताको उत्साह देखिएको छ ।

    आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, उन्नति मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर विकास कम्पनी, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक कमाए ।

    त्यसैगरी सिइडिबी हाइड्रोपावर विकास कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य पनि ९ प्रतिशत्भन्दा बढीले उकालो लागेको छ ।


    बुधवार, जेठ २६ २०७८०३:४९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij