Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

'एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै हुन्' : योगेश भट्टराई

'एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै हुन्' : योगेश भट्टराई

  • बुधवार, जेठ २६ २०७८

  • 839
    SHARES

  • 'एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै हुन्' : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताउनुभएको छ ।

    आज सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गर्नुभएको हो ।

    सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘ एमालेको एकताको मुल जड ?

    कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

    कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ' ।

    पछिल्लो समय केपी शर्मा ओली र माधव नेपाल दुवैको गुटमा स्पष्ट नदेखिएर आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका भट्टराईले संवादहीनता तोडेर साझा संकल्प गरे पार्टी एकता सम्भव रहेको बताउनुभएको छ ।

     


    बुधवार, जेठ २६ २०७८०९:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij