Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

  • बुधवार, जेठ २६ २०७८

  • 708
    SHARES

  • कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।

    एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेपछि हिजोको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

    प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोख्नुभएको थियो ।

    दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।

    हिजो बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच लामो वार्ता भए पनि सहमति हुन नसक्दा बैठक बस्न सकेन। दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना प्रकाशित गरेको थियो ।


    बुधवार, जेठ २६ २०७८०८:४६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij