Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एक चीन नीतिप्रति प्रतिवद्ध छु, मलाई लात्भिया झुक्याएर लगिएको होः मन्त्री मिया

एक चीन नीतिप्रति प्रतिवद्ध छु, मलाई लात्भिया झुक्याएर लगिएको होः मन्त्री मिया

  • मंगलवार, जेठ २५ २०७८

  • 843
    SHARES

  • एक चीन नीतिप्रति प्रतिवद्ध छु, मलाई लात्भिया झुक्याएर लगिएको होः मन्त्री मिया

    काठमाडौँ – युवा तथा खेलकुद मन्त्री एकवाल मियाले आफू एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ।

    २०७६ सालमा लात्भियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएपछि उहाँ विवादमा तानिनुभएको थियो।

    त्यतिबेला आफूलाई झुक्याएर उक्त कार्यक्रममा लगिएको प्रष्टिकरण उहाँले दिनुभएको थियो। तर अहिले मन्त्री बनेपछि उक्त कार्यक्रममा सहभागी भएको बारे पुनः प्रश्न उठाइएपछि मियाले आफू एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्‍याउनुभएको हो। 

    मंगलबार एक विज्ञप्ति जारी गर्दै मियाले त्यतिबेला आफूलाई झुक्याएर कार्यक्रममा लगिएकोबोरे संसदमा नै स्पष्ट पारिसकेको उल्लेख गर्नुभएको छ।

    यो विषयलाई अहिले फेरि विवादमा तान्न आवश्यक नरहेको उहाँले बताउनुभएको छ।

    ‘त्यतिबेला नै मलाई उक्त कार्यक्रममा झुक्याएर लगेको थाहा पाएपछि फर्किएको स्पष्ट पारेको थिएँ। तसर्थ त्यतिखेरै स्पष्ट पारिएको यस विषयमा अहिले प्रश्न उठाउनु अनावश्यक हो भन्ने म ठान्छु’, मन्त्री मियाले भन्नुभएको छ।

    उहाँले नेपाल सरकारको निरन्तरको एक चीन नीतिप्रति स्पष्टता साथ प्रतिवद्ध रहेको र तिब्बत स्वशासित क्षेत्र चीनको अभिन्न अंग हो भन्नेमा पनि स्पष्ट रहेको बताउनुभएको छ।

    ‘हामी हाम्रा दुई छिमेकी भित्र राष्ट्रबीचको संवेदनशीलतालाई बुझ्छौँ। हाम्रा छिमेक सम्बन्ध, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सन्दर्भ तथा राष्ट्रिय नीतिसँग मेरो पूर्णतः सहमति रहेको कुरा पुनः स्पष्ट पार्न चाहन्छु। यसमा भ्रममा पर्नुपर्ने कुनै कारण छैन भन्ने पनि स्पष्ट पार्न चाहन्छु’, उहाँले अगाडि भन्नुभएको छ।

    193142561_989867915115195_940133891993383263_n.jpg


    मंगलवार, जेठ २५ २०७८०५:१९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij