Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

झण्डै तीन वर्षपछि युट्युबमा पुनः सार्वजनिक भयो पशुपतिको ‘लुट्नसके लुट’ गीत (भिडियोसहित)

झण्डै तीन वर्षपछि युट्युबमा पुनः सार्वजनिक भयो पशुपतिको ‘लुट्नसके लुट’ गीत (भिडियोसहित)

गायकका साथी भन्छन्, ‘गीत अहिले झनै सान्दर्भिक भएकाले युट्युबमा पुनः सार्वजनिक गरिएको हो'
  • मंगलवार, जेठ २५ २०७८

  • 1.4K
    SHARES

  • झण्डै तीन वर्षपछि युट्युबमा पुनः सार्वजनिक भयो पशुपतिको ‘लुट्नसके लुट’ गीत (भिडियोसहित)

    काठमाडौं - पशुपति शर्माको ‘बहुचर्चित’ गीत लुट्नसके लुट कान्छा’ पुनः युट्युबमा सार्वजनिक गरिएको छ । झण्डै तीन वर्षपछि उक्त गीत फेरि युट्युबमा राखिएको हो ।

    ०७५ को फागुनमा उक्त गीत युट्युबमा राखिएको थियो । गीतलाई धेरै दर्शक–स्रोताले मनपराए ।

    देशमा लुटको राजनीति हाबी भएको सन्देश दिइएको छ । साथै, हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गीतमा औंल्याइएको छ । भिडियो पनि गीतअनुसारकै बनाइएको छ ।

    गीतका शब्दमा ‘स्वर्गजस्तो देशमा हेर यमराजको शासन’ भन्ने हरफ राखिएको छ । यसलाई लिएर सत्तारुढ नेकपा (एमाले)को भातृ संगठन युवा संघले गीतका सर्जकसमेत रहेका गायक शकर्मालाई धम्की दिएका थिए । गीतमा यमराज भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरिएको उनीहरुको आरोप थियो ।

    यो गीतलाई लिएर प्रधानमन्त्री ओलीले पनि सार्वजनिक टिप्पणी गर्नुभएको थियो । गीतले लुट्न सिकाउने सन्देश दिएको उहाँको आरोप थियो ।
    ‘एउटा गायकलाई गरी खाएर काम भएन भनेर लुट्न सिकाउने गीत बनाउने भूत चढेछ । जनताले मननपराएपछि आफैं युट्युबबाट हटाएछन्’, उहाँको टिप्पणी थियो ।

    गायक शर्माले भने यसको खण्डन गर्नुभएको थियो । यद्यपि, बारम्बार धम्की आएपछि उहाँले उक्त गीत युट्युबबाट हटाउनुभएको थियो । अहिले पुनः राखिएको छ ।

    देशको परिस्थितिअनुसार ‘लुट्सके लुट कान्छा’ गीत अहिले झनै बढी सान्दर्भिक भएकाले युट्युबमा पुनः सार्वजनिक गरिएको गायक शर्मानिकट साथी सूर्य रेग्मीले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।

    पुनः गीत युट्युबमा आएको भन्दै अधिकांश दर्शक तथा स्रोताले सुखी व्यक्त गरेका छन् ।

    गीतलाई विवादास्पद बनाएका केही शब्द यस्ता छन् :

    गणतन्त्र ल्याएँ भन्छन् फाल्यौँ भन्छन् राजा त्यही फालेका राजा जस्ता कयौँ निस्के आज

    जनताको मुटुभित्र काँडा कति कति डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति ।

    वाइडबडी जहाज किने रे लुट्नैसम्म लुटे सुनकाण्ड खै कहाँ पुग्यो, जेलमै छन् कि छुटे

    ठूलै नेता भ्रष्टाचारी न नडराउछन् न लुक्छन्, कार्यकर्ता केही बोल्दैनन् कुकुरजस्तै भुक्छन् ।

    हजुरबा’नि यसै मरे, बाउ’नि यसै मर्छन् । हाम्रो पनि त्यही हो गति विकास कहिले गर्छन् ।

    गर्ने काम केही होइन ठूला–ठूला भाषण, स्वर्गजस्तो देशमा हजुर यमराजको शासन ! 

     


    मंगलवार, जेठ २५ २०७८०१:२९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij