Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निषेधाज्ञामा समस्यामा परेका अति विपन्नलाई सिर्तुङ समाज छत्रकोटद्वारा राहत वितरण

निषेधाज्ञामा समस्यामा परेका अति विपन्नलाई सिर्तुङ समाज छत्रकोटद्वारा राहत वितरण

  • मंगलवार, जेठ २५ २०७८

  • 1.1K
    SHARES

  • निषेधाज्ञामा समस्यामा परेका अति विपन्नलाई सिर्तुङ समाज छत्रकोटद्वारा राहत वितरण

    गुल्मी । नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण प्रभावित बनेका दैनिक ज्यालादारीका परिवारलाई सिर्तुङ समाज छत्रकोटले राहत सामाग्री वितरण गरेको छ ।

    गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १, साविकको हुँगा गाउँ विकास समितिको वडा नं ४ मा रहेका दैनिक ज्यालादारीका गरेर जिविकोपार्जन गर्ने र गरिव एवम् विपन्न अति विपन्न र गरिब १८ घरधुरीलाई राहत स्वरुप प्रती घर परिवार १ बोरा चामल, एक पोका नुन र एक किलो दाल हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सुवास चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

    विपदको यो समयमा समस्यामा परेका विपन्न परिवारलाई थोरै भएपनि राहत होस भनेर खाद्यान्न सामाग्री वितरण गरिएको भण्डारीले बताउनुभयो ।

    पहिलो चरणमा गाउँमा स्वास्थ्य सामग्री वितरण गरेको समाजले दोश्रो चरणमा गाउँमा रहेका गरिव र अति विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरेको उहाँले बताउनुभयो ।

     


    मंगलवार, जेठ २५ २०७८११:५७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij