धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने निर्णय गरेको छ ।
एमाले संसदीय दलले पनि विश्वासको मत दिने निर्णय गरेको कारण काँग्रेसले कम्युनिष्टकै बहुमत पुग्ने भए मत नदिने यदि बहुमत नपुग्ने भए मत दिने निर्णय गरेको छ ।
माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको हो ।
सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत दिने कांग्रेस सचेतक टेकबहादुर रैकाले बताउनुभयो । मत नचाहिए कांग्रेसले तटस्थ बस्ने उहाँले बताउनुभयो ।
सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले नै सरकारको पक्षमा विश्वासको मत दिने निर्णय लिइसकेको र सरकारले प्रदेशसभामा बहुमत हासिल गर्ने प्रस्ट देखिएको अवस्थामा आफूहरुले तटस्थ रहने निर्णय गरेको उहाँको भनाइ छ ।