Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

  • मंगलवार, जेठ २५ २०७८

  • 744
    SHARES

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लाग्नुभएको हो ।

    ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

    एमालेले प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गर्न एमाले सुदूरपश्चिम संसदीय दललाई निर्देशन दिएको छ ।

    प्रदेशमा माधवकुमार नेपाल पक्षका मात्रै १५ सांसद रहेका छन् । नेपाल पक्षले साथ दिए मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनेछन् ।

    काँग्रेस र जसपाले कता मतदान गर्ने भन्ने निश्चित देखिएको छैन ।


    मंगलवार, जेठ २५ २०७८०८:३२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij