काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठबाट फर्किएका छन् ।
तीन नेताबीच देउवा निवासमा करिब एक घण्टा छलफल भएको छ । चार बजेतिर बूढानीलकण्ठ पुगेका प्रचण्ड, नेपाल र देउवाबीच प्रदेश सरकारहरुका विषयमा छलफल भएको एक नेताले बताउनुभयो।
प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको ती नेताले बताउनुभयो ।
प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउन विपक्षी दलहरुले गृहकार्य गर्दै आएका छन् ।