Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच वार्ता

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच वार्ता

  • सोमवार, जेठ २४ २०७८

  • 1.1K
    SHARES

  • बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच वार्ता

    काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । अहिले देउवासँग उनीहरूको छलफल चलिरहेको छ ।

    आजै दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटेका थिए । फेरि नेपाल र प्रचण्डको देउवासँग संयुक्त भेट भएको हो । आफ्नो समूहको स्थायी समितिको बैठक सकेर नेपाल बूढानीलकण्ठ पुगेका थिए ।

    हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा एकता आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै प्रचण्ड सक्रिय देखिएका छन् । माधव नेपाल समूहले भने ओलीको आह्वानलाई खारेज गरेको छ ।


    सोमवार, जेठ २४ २०७८०५:३०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij