Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

  • सोमवार, जेठ २४ २०७८

  • 1.5K
    SHARES

  • सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

    काठमाडौं । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपंक्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानुन व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए)ले माग गरेको छ ।

    कानुन व्यवसायी तथा पूर्व कानुन मन्त्री समेत रहनु भएका नवनियुक्त स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ्गलाई बधाइ तथा ज्ञापन पत्र दिदै डिएलएले कानुन व्यवसायीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो ।

    डिएलएकी महासचिव लक्ष्मीदेवी दाहाल रावलको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनको बेलामा पनि अदालत जानु पर्ने भएकाले कानुन व्यवसायीहरुलाई संक्रमणको खतरा बढी रहेको तर्फ मन्त्री तामाङ्गको ध्यानाकषण गराएको थियो ।

    गत फागुन २३ देखि चैत ३ गतेसम्म संचालित पहिलो खोप अभियानमा करिब ७५० जना कानून व्यवसायीहरुले पहिलो खोप लगाउने मौका पाएपनि दोस्रो खोप लगाउनु पर्ने म्याद सकिदै लाग्दा समेत दोस्रो खोप लगाउन नपाएको ज्ञापनपत्रमा उल्लेख छ ।

    ज्ञापनपत्रमा लेखिएको छ, “विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो खोप लगाई सक्नु पर्ने भएकोले पहिलो खोप लगाएको समयावधि यही २०७८ साल जेठ १५ गते समाप्त हुने हुँदा यथाशिघ्र दोस्रो खोप उपलब्ध गराउन आग्रह गर्दछौँ ।”
    आफ्नो पेशागत धर्म प्रति कटिबद्ध भई कार्य गर्दै आउनु भएका कानुन व्यवसायीहरुको अवस्थालाई हृदयगमन गरी कुनै पनि खोप नलिनुभएका देशभरका सम्पूर्ण कानून ब्यवसायीहरुलाई समेत पहिलो तथा दोस्रो खोप पहिलो प्राथमिकतामा राखि उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईदिन अनुरोध गरिएको महासचिव दाहालले जानकारी दिनुभयो ।
    डि

    एलएको मागलाई मन्त्री तामाङ्गले सकारात्मक रुपमा लिएर जतिसक्दो चाडो त्यसको व्यवस्था गर्ने आश्वासन दिनुभएको उहाँले बताउनुभयो ।
    “हाम्रो माग प्रति मन्त्री तामाङ्ग अत्यन्त सकारात्मक देखिनु भएको छ, उहाँ आफु पनि कानुन व्यवसायी भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर चाडै नै खोप पाउने अग्रसूचीमा पार्नुहुने छ भन्ने हामीलाई विश्वास लागेको छ,” महासचिव दाहालले भन्नुभयो ।

     


    सोमवार, जेठ २४ २०७८१०:३५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij